१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम नगरपालिकाको बजेट ६४ करोड ७० लाख

लेखक स्थानीय खबर ५ आश्विन २०७४, बिहिबार १ मिनेट पढाइ


इलाम
, ५ असोज । इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि ६४ करोड ७० लाखको अनुमानित आयव्यय पारित गरेको छ । बजेटमा २२ करोड ५५ लाख सशर्त अनुदान छ ।

पारित बजेटको चालू खर्चतर्फ ११ करोड ४१ लाख ६३ हजार र पुँजीगततर्फ सडक पूर्वाधारमा नौ करोड ४० लाख, नाली निर्माण, विस्तार तथा सुधारमा १० लाख, खानेपानी सुधार विस्तारमा १ करोड ६७ लाख ५१ हजार, सिँचाइमा चार लाख १५ हजार, सार्वजनिक भवनमा पाँच करोड ७१ लाख ५० हजार तथा खेलकुद पूर्वाधारमा ६८ लाख छुट्याइएको छ ।

नगरसभाले सुत्केरी स्याहारमा पोषिलो खाना र न्यानो कपडाका लागि १५ लाख, नगरभित्रका ११५ महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार भत्ता, करुणा फाउण्डेसनसंगको सहकार्यमा ८५ लाखको प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम बजेटमा समेटिएको सो नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।