१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलरा नगरपालिकामा मतगणना रोकियो




सर्लाही
, असोज ३ । मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा कांग्रेस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतगणना रोकिएको हो ।

अहिले प्रहरीले मतगणनास्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको हो । भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ००:००