९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा मतगणना शुरु, सप्तकोशीमा माओवादी केन्द्र र खडकमा कांग्रेस अगाडि




राजविराज
, ३ असोज । प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा मंगलबार बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली कांग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा रहेका छन् । कांग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ ।

यस्तै, सप्तकोशी नगरपालिकामा नेकपा माओवादी केन्द्रले १८७ मत ल्याएर पहिलो स्थानमा, नेकपा एमाले पछ्याउँदै १६५ मत ल्याएर दोस्रो, नेपाल लोकतान्त्रिक फोरम भने १८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना विहान बाट शुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताए ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ००:००