१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुर नगरपालिकाको बजेट ६० करोड ७० लाख

लेखक स्थानीय खबर ३ आश्विन २०७४, मंगलबार १ मिनेट पढाइ


सुरुङ्गा
— झापा, ३ असोज । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ ।

सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन प्रवर्द्धन तथा कृषिको व्यवसासीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धिसहितका योजनासहित नगरप्रमुख जीवनकुमार श्रेष्ठले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

सभामा नगरपालिकाका उपप्रमुख चन्द्रामाया श्रेष्ठले वर्ष २०७४/०७५ का लागि ६० करोड ७० लाख ६० हजारको बजेट प्रस्तुत गरिन् ।

नगरसभाले वडामा जाने बजेटमा प्राथमिकता दिँदै नगरपालिकालाई प्राप्त वित्तीय समानीकरण तथा आन्तरिक आय र राजस्व बाँडफाँडबाट प्राप्त कुल बजेट ६० करोडको नौ प्रतिशत प्रशासनिक खर्चतर्फ, ६.२९ प्रतिशत कार्यक्रमगत खर्च, १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत सशर्त अनुदान, १७.१३ प्रतिशत ठूला पूर्वाधार र नगरक्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, ३.५४ प्रतिशत भवन निर्माणतर्फ, १.६४ प्रतिशत सवारीसाधन खरिदतर्फ १.६४ प्रतिशत मेसिनरी औजार तथा फर्निचर खरिदतर्फ, ३.०४ प्रतिशत मर्मत सम्भार कोष, समुपूरक कोषतर्फ ४.१४ प्रतिशत वित्तीय समानीकरण समावेश भएका कार्यालयतर्फ १.५९ प्रतिशत लक्षितवर्ग विकास कार्यक्रमतर्फ २.८५ प्रतिशत प्रवर्द्धनात्मक कार्यक्रमतर्फ ७.१६ प्रतिशत नगरस्तरीय र वडास्तरीय योजना सञ्चालन, ०.५४ सावाव्याज भुक्तानीतर्फ, ३.२९ प्रतिशत अघिल्लो वर्षको योजनाको भुक्तानीतर्फ बजेट विनियोजन गरिएको छ ।

उक्त कार्यक्रममा योजनाका विषयमा कार्यकारी अधिकृत काजीमान राईले जानकारी गराएका थिए ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।