८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिकाको बजेट रु ४१ करोड



 

३१ भदौ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले ४१ करोड २९ लाख रुपैयाको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रमुख इवन राईले पेश गर्नुभएको अनुदानतर्फ रु २३ करोड ३५ लाख रुपैयाँ र नेपाल सरकारको सशर्त अनुदानतर्फ रु १५ करोड ३६ लाख रुपैयाँ बजेट नगरसभाले पारित गरेको कार्यकारी अधिकृत अनिल किराँतीले जानकारी दिए ।

अनुदानतर्फको १७ करोड ५१ लाख रुपैयाँ पुँजीगततर्फ तथा निशर्ततर्फको पाँच करोड ८३ लाख ८४ हजार रुपैयाँ चालूतर्फ गरिएको छ ।

शिक्षातर्फ १३ करोड ६३ लाख रुपैयाँ, जनस्वास्थ्य तर्फ १ करोड २४ लाख रुपैयाँ, आयुर्वेद स्वास्थ्य शाखाका लागि रु १८ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसै गरि कृषि विभागलाई १६ लाख रुपैयाँ र पशुसेवा विभागलाई १४ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७४, शनिबार ००:००