१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख

लेखक स्थानीय खबर २९ भाद्र २०७४, बिहिबार १ मिनेट पढाइ


जितपुर
— कपिलवस्तु, २९ भदौ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४÷७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख केशवकुमार श्रेष्ठले मंगलबार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २३० बराबरको बजेट विनियोजन गरेका हुन् ।

यसमध्ये पूँजीगततर्फ ४८ करोड ८१ लाख दुईहजार २०० र चालुतर्फ १५ करोड ४१ लाख ८५ हजार बराबरको रकम विनियोजन गरिएको छ ।

साथै, नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राहीमैत्री तुल्याउने, व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास, खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्द्धन गर्नेजस्ता नीति तथा कार्यक्रमसमेत नगरसभामार्फत पारित गरिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।

लक्षित वर्ग, महिला तथा पछाडि परेकालाई समाहित गर्ने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन, वातावरणजस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पुर्याउने कार्यक्रमसमेत नगरपालिकाले पारित गरेको छ ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।