१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो एजेण्डा समृृद्ध मधेशः भट्टराई



 

लहान, २८ भदौ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुगेका भट्टराईले आज आयोजित सभालाई सम्बोधन गर्दै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकता समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उहाँको भनाइ थियो ।

‘हामी जे बोल्छौं त्यही गार्छौँ, उहाँले भन्नुभयो– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्को होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।” मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार ००:००