७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवल नगरपालिकाको बजेट ७२ करोड



नवलपरासी, २८ भदौ । सुनवल नगरपालिकाको पहिलो नगर सभाबाट आर्थिक वर्ष २०७४/७५ का लागि ७२ करोड ४७ लाख रुपैयाँको बजेट अनुमोदन गरेको छ । नगर प्रमुख भीमबहादुर थापाको अध्यक्षतामा मंगलबार आयोजित परिषद्ले बजेट पारित गरेको हो ।

आन्तरिक स्रोततर्फ ५ करोड ९७ लाख ८० हजार रुपैयाँ र बाह्य स्रोततर्फ ६२ करोड ९५ लाख ९२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आन्तरिक स्रोततर्फ एकीकृत सम्पत्ति करबाट ३ करोड रुपैयाँ, बाह्य स्रोततर्फ सरकारबाट प्राप्त वित्तीय समानीकरणतर्फको ३९ करोड ४५ लाख रुपैयाँ, अन्य स्रोतबाट प्राप्त हुने २३ करोड ५० लाख रुपैयाँ र बैंक मौज्दाततर्फ ३ करोड ५४ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

उक्त बजेटमध्ये चालु खर्चतर्फ रु १८ करोड २८ लाख रुपैयाँ सडक र पुललगायतका योजनाका लागि सङ्घीय सरकारसँग माग गर्ने प्रस्ताव गरिएको छ । सुनवल नगरपालिकाको समग्र विकास, आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने उद्देश्यअनुसार चालू आवको बजेट तर्जुमा गरिएको नगर प्रमुख थापाले बताए । रासस

 

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार ००:००