५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीको पहिचान गर्ने अवसरः नेता निधि




जनकपुरधाम,
२६ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन् ।

नेपाली कांग्रेसको मिडिया सेन्टरद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीलाई परास्त गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

पूर्व महामन्त्री निधिले नेकपा एमाले मधेश विरोधी शक्ति भएको उल्लेख गर्दै मधेशीलाई विदेशी भन्नेलाई मधेशी जनताले मतबाट सबक दिने समय आएको धारणा राखेका छन् ।

प्रदेश नं २ मा कांग्रेसको लहरलाई देखेर विपक्षी एमाले लगायतका दलहरुमा छटपटी बढेको बताउँदै एमालेकै कारण संविधान संशोधन हुन नसकेको आरोप पनि लगाएका छन् ।

काग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले २ नं प्रदेशमा कांग्रेसका पक्षमा अपार जनसमर्थन देखिएको चर्चा गर्दै मतदाताहरूले कांग्रेसलाई अत्यधिक मतले जिताउन चुनावलाई अवसर र उत्सवका रूपमा लिएको बताए ।

साथै उनले तेस्रो चरणको चुनाव मधेश र मधेशी जनताको पक्षमा उभिने र उभिन नचाहनेको जनमत संग्रह भएका समेत बताए ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार ००:००