८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘शिरीषको फूल’ द्वारा ५ सय बाढीपीडितलाई सामूहिक भोजन




सप्तरी
, २३ भदौ । पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ ।

चार दिनदेखि निरन्तररुपमा आयोजना गरेको सामूहिक भोजन कार्यक्रममा मैनाकडेरीका ५०० जनालाई प्रत्येक दिन दैनिक बेलुकाको खाना खुवाइएको सो संस्थाले जनाएको छ ।

गत असार र साउनको अन्तिम सातामा वर्षासंगै आएको भीषण बाढी र पहिरोका कारण त्यहाँका ५०० घरपरिवार डुबानमा परेका थिए भने २०० जना परिवार विस्थापित भएका थिए । सो क्षेत्रमा पुनः बाढी आउने डरले एक महिनादेखि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन् ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००