१२ चैत्र २०८०, सोमबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्याम्के मैयुङ गाउँपालिकाको बजेट २७ करोड ६४ लाख




भोजपुर
, २३ भदौ । सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै ट्याम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युत्लाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ ।

गाउँसभाले सडकमा पाँच करोड ९ लाख सत्तरी हजार, विद्युत्मा एक करोड ३८ लाख ३० हजार र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा एक करोड पचहत्तर लाख बजेट विनियोजन गरेको ट्याम्केमैयुङ गाउँपालिका– ५ खावाका वडाअध्यक्ष सुनिल राईले जानकारी दिए ।

गाउँपालिकालार्ई यस आर्थिक वर्ष २०७४/७५ का लागि कुल २७ करोड ६४ लाख बजेट प्राप्त भएको छ । गाउँसभाले गाउँपालिकाको नाम यसअघिको ट्याम्केमैयुमलाई संशोधन गरी ‘टेम्केमैयुङ’ नामाकरण गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । गत भदौ ५ गतेदेखि शुरु भएको परिषद् बिहीबार सकिएको हो ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००