१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रम्भा गाउँपालिकाको बजेट २८ करोड




पाल्पा
, २३ भदौ । पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले २८ करोड २३ लाख ६८ हजार २८२ को बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बिहीबार पत्रकारसम्मेलन मार्फत प्रथम गाउँसभाबाट पारित गरिएको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरे ।

आर्थिक वर्ष २०७४÷७५ मा गतवर्षको बाँकी रकम ८३ लाख १५ हजार २८५, राजश्व बाँडफाँडतर्फ दश लाख, आन्तरिक स्रोत दश लाख, केन्द्रीय अनुदान २३ करोड ५३ लाख ५२ हजार, सामाजिक सुरक्षा तीन करोड ५० लाख, दलित बालपोषण १७ लाख गरी २८ करोड २३ लाख ६८ हजार २८२ बजेट विनियोजन गरेको भण्डारीले बताए ।

गाउँपालिकालाई सडक सञ्जाल विस्तारका लागि दुई करोड ६८ लाख ९५ हजार, भवन निर्माणमा एक करोड ५२ लाख ६० हजार, खानेपानीमा ६१ लाख ३० हजार, फर्निचरमा १५ लाख, सिँचाइमा २१ लाख १० हजार, वातावरणमा चार लाख र खेलकुद १५ लाख ५० हजार बजेट विनियोन गरिएको अध्यक्ष भण्डारीले बताए ।

त्यसैगरी, लक्षित वर्गमा ६५ लाख ५१ हजार, पर्यटनमा १२ लाख ५० हजार, कृषिमा नौ लाख २० हजार, उद्योगमा ६ लाख, विद्युत्मा ३२ लाख, विपद्मा दश लाख र विविधमा एक करोड ७० लाख ७० हजार गाउँपालिकाको विकास र समृद्धिका लागि बजेट छुट्याएको भण्डारीले बताए ।

यसैगरी, मेसिनरी औजारमा १३ लाख ५० हजार, गाडी खरिदमा ५० लाख गरी १६ शीर्षकमा नौ करोड दुई लाख ४६ हजार बराबरको बजेट विनियोजन गरिएको छ । प्रशासनिक खर्चतर्फ पाँच करोड ११ लाख ७५ हजार, भैपरी आउनेमा २९ लाख १८ हजार २८२, वित्तीय अनुदान १० करोड १३ लाख २९ हजार, सामाजिक सुरक्षामा तीन करोड ५० लाख, दलित बालपोषणमा १७ लाख गरी १९ करोड २१ लाख २२ हजार २८२ बजेट गाउँपालिकाले विनियोजन गरेको अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाको गाउँसभाले सडक, शिक्षा, खानेपानी, विद्युत्, कृषि, सिँचाइ, पर्यटन र स्वास्थ्यलाई प्रमुख प्राथमिकता सहित बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । गाउँपालिकाले प्रत्येक वडामा ८० लाख बराबरका योजना वडास्तरबाट छनौट गर्नेछ ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००