९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगा नगरपालिकाको बजेट ६७ करोड ३३ लाख




जितपुर
— कपिलवस्तु, २० भदौ । जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष २०७४/७५ लागि करिब ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार प्रथम नगरसभामा पेश गरेको ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो । यसमध्ये चालू खर्चतर्फ ४५ प्रतिशत अर्थात् ३० करोड नौ लाख ६४ हजार विनियोजन भएको छ । पुँजीगत खर्चतर्फ ३७ करोड २३ लाख ९५ हजार ९३६ रकम विनियोजन भएको छ जुन रकम कूल बजेटको ५५ प्रतिशत हो ।

वडास्तरीय कार्यक्रमका लागि ११ करोड, नगरका भौतिक सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रणजस्ता ठूला पूर्वाधार कार्यक्रमका लागि १६ करोड रकम छुट्याइएको छ । वडा तथा नगरपालिकाको भौतिक निर्माणका लागि एक करोड ३० लाख, मर्मत सम्भार कोषका लागि २५ लाख र दैवी प्रकोप कोषका लागि १५ लाख रकम विनियोजित भएको उपप्रमुख चक्रपाणि अर्यालले जानकारी दिए ।

नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, समग्र विकासका लागि २५ वर्षे बृहत् गुरुयोजना तयार गरिने भएको छ । सोही गुरुयोजनाका आधारमा क्षेत्रगतरुपमा विभिन्न आवधिक तथा अल्पकालीन योजना तयार गरी एक समृद्ध नगर निर्माणको अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ नीति तथा कार्यक्रम प्रस्ताव भएको नगर प्रमुख थारुले जानकारी गराए ।
रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार ००:००