१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोल्पामा संघमा एक र प्रदेशमा दुर्इ निर्वाचन क्षेत्र




दुनै
— डोल्पा, १६ भदौ । दुर्गम जिल्ला डोल्पाबाट संघमा एक जना र प्रदेशमा दुर्इ जना प्रतिनिधि चुनिने गरी निर्वाचन क्षेत्र निर्धारण गरिएकाे छ ।

निर्वाचन आयोगले निर्धारण गरेको प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्र नं १ मा डोल्पो बुद्ध गाउँपालिका, छार्काताङसोङ गाउँपालिका, काइके गाउँपालिका र ठूलीभेरी नगरपालिका समेटिएको छ भने क्षेत्र नं २ मा त्रिपुरा सुन्दरी नगरपालिका, शे–फोक्सुण्डो गाउँपालिका, मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिका समेटिएका छ ।

यहाँका आठवटा स्थानीय तहमध्ये दुईवटै प्रदेश निर्वाचन क्षेत्रमा चार–चारवटा पर्ने गरी सीमाङ्कन भएको छ । उपल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा पर्ने शे–फोक्सुण्डो गाउँपालिकालाई तल्लो डोल्पाअन्तर्गत क्षेत्र नं २ मा समेटेर बराबर गरिएको हो ।
रासस

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार ००:००