४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा ७ सय २५ परिवारलाई राहत




इनरुवा
, १४ भदौ । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा एक गैरसरकारी संस्थाले ७ सय २५ परिवारलाई मंगलबार राहत वितरण गरेको छ ।

संस्थाले केही दिन अगाडि आएको विनाशकारी बाढीबाट पीडित भएकालाई लक्षित गर्दै १५ दिन खान पुग्ने राहत वितरण गरेको छ । युनाइटेड मिसन टु नेपाल र चन्द्रमुखी क्लब ९सिएमसी०, चिमडीको संयुक्त आयोजनामा राहत वितरण गरेको सिएमसीका निर्देशक उमेश मेहताले बताए ।

मिसन टु नेपालले विभिन्न दाताबाट आएको राहत सो गाँउपालिकाका वडा नम्बर ३ र ४ कप्तानगंजका बाढीपीडितलाई राहत वितरण गरेको हो ।

गाउँमा साउन २७ गते आएको बाढी र डुबानले पीडित बनेका ७५० बाढीपीडित परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न तथा ओछ्याउने, ओड्ने, सरसफाइ गर्ने, नुहाउने र अन्य सामग्री वितरण गरेको सिएमसीका निर्देशक उमेश मेहताले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १४ भाद्र २०७४, बुधबार ००:००