१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन अधिकृतको कार्यालय स्थापित




लहान
, १३ भदौ । तेस्रो चरणअन्तर्गत हुने स्थानीय तह निर्वाचनका लागि सिरहामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही असोज २ गते हुने निर्वाचन प्रयोजनका लागि आठ नगरपालिका र जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्द्रा यादवका अनुसार नौ गाउँपालिकामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सिरहामा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेत, लहानमा गोकुल खड्का, गोलबजारमा गिरिराज ज्ञवाली, धनगढीमाईमा रामहरि शर्मा, मिर्चैयामा राजेन्द्र कार्की, कल्याणपुरमा सन्तोष शर्मा, सुखीपुरमा सोमप्रसाद भट्टराई र कर्जन्हामा दीपकराज नेपाल निर्वाचन अधिकृतमा खटिएका छन् ।

यस्तै गाउँपालिका भगवानपुरमा वाजेन्द्रनाथ शर्मा, विष्णुपुरमा शान्तिराज प्रसार्इं, औरहीमा जुद्धबहादुर आले, बरियारपट्टीमा सुरेश राउत, लक्ष्मीपुर पतारीमा अग्निप्रसाद अधिकारी, नरहामा विनोद खतिवडा, सखुवानन्कारकट्टीमा राधेराम गिरी, अर्नामामा विश्वप्रकाश न्यौपाने र नवराजपुरमा सुमनकुमार कार्की निर्वाचन अधिकृतमा खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सञ्चारकर्मीलाई निर्वाचन प्रशिक्षण
निर्वाचन आयोगले यहाँका सञ्चारकर्मीलाई मंगलबार निर्वाचनसम्बन्धी प्रशिक्षण दिएको छ । पत्रकार आचारसंहिता, स्थानीय तह र निर्वाचन प्रणाली एवं स्थानीय तह निर्वाचनसम्बन्धी कानुनी व्यवस्था, मतदान तथा मतगणना प्रक्रिया, लोकतान्त्रिक निर्वाचनमा सञ्चारमाध्यमको भूमिका, आचारसंहिता र आमसञ्चारसंग निर्वाचन आयोगको अपेक्षा, निर्वाचनमा समावेशी प्रतिनिधित्व र निर्वाचन आचारसंहिताको विषयमा प्रशिक्षण दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले पत्रकारले जनसमुदायमा मतदाता शिक्षालाई व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । निर्वाचन सफल बनाउनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु निष्पक्ष भएर चुनाव सफल बनाउन जुट्नुपर्ने बताए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्यलगायतल चुनावको वातावरण बनाउनमा पत्रकार गम्भीर हुनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार ००:००