१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपीडितका लागि ३ लाखको औषधि वितरण




उर्लाबारी
— मोरङ, ४ भदौ । बाढीपीडितको उपचारका लागि मोरङको रतुवामाई नगरपालिका– ५ मा आइतबार आयोजना गरिएको स्वास्थ्य शिविरमा तीन लाखबराबरको औषधि वितरण गरिएको छ ।

कोशी अञ्चल अस्पताल विकास समिति र पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटनगरको संयुक्त आयोजनामा भएको शिविरमा सो क्षेत्रका ३५० जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा उपचार गराउन आउनेलाई तीन लाख मूल्य बराबरको औषधि वितरण गरिएको औषधि व्यवसायी दिना मण्डलले बताइन् ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रोशन पोखरेलसहित आठजना चिकित्सकले शिविरमा आएको बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा आएका बिरामीमा वर्षा र बाढीका कारण छालासम्बन्धी रोग साथै पेट दुख्ने र कान दुख्ने बिरामी बढी रहेका थिए । नेपाल सरकारको सहयोगमा अन्य स्थानमा पनि शिविर सञ्चालन गरेर बाढीपीडितलाई निःशुल्क औषधि वितरण भइरहेको मेडिकल स्टोरका प्रमुख भरत साहले बताए ।
रासस

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार ००:००