२९ फाल्गुन २०८०, मंगलबार | Tue Mar 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीपीडितको २४ घण्टा सेवा गर्न मन्त्री पोखरेलकाे निर्देशन




गौशाला
, ४ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आइतबार महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिएका छन् ।

बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उनले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिएका हुन् ।

मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन पनि सुझाव दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारमा रहेका औषधि, आकस्मिक कक्ष लगायतका स्थलगत निरीक्षणपश्चात् उनले चाँडै यस अस्पतालको शैया थप्ने, भवनअनुसारको र चिकित्सक सहितको अन्य स्वास्थ्यकर्मी पठाउने प्रतिबद्धतासमेत प्रकट गरे ।

महोत्तरी जिल्ला अस्पताल अहिले २५ शैयाको भएपनि चिकित्सकभने दुई—तीन जना मात्रै छन् ।
रासस

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार ००:००