६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाका आठ सय बढी बाढीपीडितलाई राहत प्रदान




बनियानी
(झापा), ३१ साउन । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित झापाका सात नगरपालिका र छ गाउँपालिका बाढीपीडितलाई नेपाल रेडक्रश सोसाइटीसहित विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण गर्न थालेका छन् ।

हालसम्म जिल्लाका ८०० भन्दा बढी बाढीपीडितलाई राहत तथा सहयोग उपलब्ध गराइएको नेपाल रेडक्रश सोसाइटी झापा शाखाले जनाएको छ । अन्य बाढीपीडितलाई राहत उपलब्ध गराउने कार्य भइरहेको रेडक्रशका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिए ।

उद्योग वाणिज्य संघ, नेपाल रेडक्रश सोसाइटी सुरुङ्गा उपशाखा, नेपाल जेसिस र विद्युत् व्यवसायी संघले झापा गाउँपालिकापा ३, ७ सिमलबाडीका ३० परिवारलाई राहत उपलब्ध गराएको छ । ती संस्थाले बाढीपीडितलाई मुरइ २० बोरा, चिउरा सात बोरा, पानी १५ कार्टुन, बिस्कुट पाँच कार्टुन, चाउचाउ १० कार्टुन उपलब्ध गराएको र झापा गाउँपालिका ७ मदरगाछका १०० बाढीपीडितलाई मुरइ १० बोरा, चाउचाउ १५ कार्टुन, बिस्कुट तीन कार्टुन, त्रिपाल १० थान उपलब्ध गराएको छ ।

त्यस्तै, भद्रपुर नगरपालिका ८ का २८ परिवार, भद्रपुर–५ का ७६ परिवार, भद्रपुर–३ का २६ परिवारलाई प्रतिपरिवार एक–एक थान त्रिपाल र कम्बल, झापा गाउँपालिकाका ६० परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल र ३६ वटा म्याट वितरण गरिएको सभापति ढकालले बताए ।

त्यस्तै हल्दिबारीका छ परिवारलाई ६ थान, कचनकवल–४ का विस्थापित परिवारलाई २०० थान त्रिपाल, गौरीगञ्ज–१ का विस्थापित परिवारलाई १९४ थान त्रिपाल र ८० थान कम्बल, बिर्तामोड–२ का विस्थापित परिवारलाई ३० थान त्रिपाल, १५ थान कम्बल र तीनवटा म्याट, झापा–७ चौधरी गाउँका १२ परिवारलाई एनएफआरआइ फुलसेट, कन्काइ नगरपालिका सुरुङ्गास्थित ३९ परिवारलाई ३९ त्रिपाल, ३९ कम्बल प्रदान गरिएको जनाइएको छ ।

त्यस्तै, भद्रपुर उच्च माविमा रहेका ७६ परिवारलाई भद्रपुर नगरपालिका, मारवाडी युवा समाज तथा स्थानीयवासीको सहयोगमा बिहान–बेलुकाको खाना तथा खाजाको व्यवस्था गरिएको छ भने बिर्तामोड नगरपालिकास्थित विर्तामोड टाइम स्क्वायर होटलमा रहेका ६५ परिवारलाई विर्तामोड रेडक्रश उपशाखाले खानाको व्यवस्था गरेको छ ।

झापामा बाढीका कारण ११ जनाको मृत्यु, चार जना बेत्तपा र एक हजार ८९६ विस्थापित भएका छन् भने १२ घर पूर्णरुपमा क्षति भएको छ ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार ००:००