८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी प्रभावितलाई पाँच स्थानमा स्वास्थ्य शिविर




चितवन
, ३१ साउन । बाढीले डुबानमा परेका जिल्लाका पाँच स्थानमा मंगलबार छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा शिविर आयोजना गरिएको हो ।

भरतपुर अस्पताल विकास समितिको नेतृत्वमा सौराहाको बछ्यौली, चितवन मेडिकल कलेजको नेतृत्वमा राप्ती नगरपालिका, निजी अस्पताल समन्वय समितिको नेतृत्वमा माडी, कलेज अफ मेडिकल साइसेन्सको नेतृत्वमा खैरहनी र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा मेघौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा जाँच गरिनाका साथै आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ । शिविरसंगै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले समेत ती स्थानमा सेवा दिइरहेका छन् । पशुसेवा, खानेपानी तथा सरसफाइ डिभिजन, महिला विकासलगायत सरकारी कार्यालयले तत्कालको आवश्यकता पहिचान गरी सेवा दिइरहेको बताइएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले बाढीग्रस्त क्षेत्रमा पशु चौपायासमेत मरेकाले महामारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखी प्रारम्भिक अवस्थामै जनचेतनासमेत जगाउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए ।

गत शुक्रबारदेखि आएको बाढीले चितवनका माडी, मेघौली, जगतपुर, पटिहानी, सौराहा, खैरहनी, भण्डारा, पर्सा, लोथरलगायत क्षेत्र प्रभावित छन् । जिल्लामा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै हजारौँ घरपरिवार प्रभावित भएका छन् ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार ००:००