१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर नगरपालिकाको बजेट रु ४० करोड दस लाख




भोजपुर
, २६ साउन । सडक स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिँदै भोजपुर नगरपालिकाको प्रथम नगरसभा सम्पन्न भएको छ ।

नगरपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक स्तरोन्नति र वातावरणमैत्री विकासका लागि गुरुयोजना लगायतका विषयमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रथम नगरसभा सम्पन्न भएको हो ।

त्यस्तै, सन् २०१७ सम्म जिल्लालाई नै खुल्ला दिसामुक्त जिल्ला बनाउने योजना नगरसभाले अघि सारेको नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले जानकारी दिए ।

नगरपालिकालाई यस आर्थिक वर्ष २०७४/७५ का लागि कुल रु ४० करोड १० लाख १८ हजार बजेट प्राप्त भएको छ । भोजपुर जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये नगरसभा गर्ने नगरपालिका यो पहिलो बनेको छ ।
रासस

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार ००:००