१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नामावली संकलनका क्रममा झण्डै १९ हजार मतदाता थपिए




चितवन
, २५ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला, नगर र गाउँमा कर्मचारी खटाएपछि यहाँ १८ हजार ६७३ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार, कार्यालयमा ११ हजार आठ सय ३ जना र गाउँ एवं नगरमा ६ हजार ८७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्लाका विभिन्न ५ ठाउँमा तथा राप्ति, खैरहनी, रत्ननगर र माडि नगरपालिकामा दुई दुई ठाउँमा फोटोसहितको मतदाता नामावली दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले बताए ।

त्यसैगरी इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एक एक ठाउँमा फोटोसहितको मतदाता नामावली दर्ता गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । फोटोसहितको मतदाता नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट काम थालिएको हो भने गाउँ नगरमा यही साउन १५ गतेबाट थालिएको हो ।

त्यस्तै गाउँ र नगरमा साउन मसान्तसम्म तथा जिल्लामा निर्वाचन घोषणा नभएसम्मका लागि फोटोसहितको मतदाता नामावली संकलन गरिने छ । यसअघि जिल्लामा तीन लाख १३ हजार तीनजना मतदाता रहेका थिए ।
रासस

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार ००:००