७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा १ सय २० नगरपालिका




काठमाडौँ
, २५ साउन । अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन् । नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन् ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा ती नगरपालिका निमित्तका भरमा सञ्चालन भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी शाखाका प्रमुख भरतकुमार शर्माले जानकारी दिए । उनले सामान्यसंग पटक–पटक माग्दा पनि कर्मचारी नपठाएको गुनासो गरे ।

“हामीले स्थानीय तहको निर्वाचन भएपछि कर्मचारी माग गरेका हौँ,” उनले भने, “अहिलेसम्म दुईपटक चिठी पठायौँ । तर सामान्यले अझै कर्मचारी पठाएको छैन ।”

स्थानीय विकास मन्त्रालयले जेठ १२ र साउन १९ गते दुईपटक १२० नगरपालिकाको कार्यकारी अधिकृतका लागि उपसचिव माग गरेको थियो ।

यता सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अपुग कर्मचारी पठाउने तयारी भइरहेको बताए । यसैगरी महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत हुने व्यवस्था भए पनि वीरगञ्ज र विराटनगरमा उपसचिवस्तरका कर्मचारी कार्यकारी अधिकृत रहेका छन् ।

उपसचिव शर्माले ती महानगर ढिलो घोषणा गरिएको हुनाले उपसचिव नै कार्यकारी अधिकृत भएको बताए । उनले चाँडै नै ती दुई महानगरमा सहसचिव पठाउने तयारी भइरहेको बताए ।
रासस

प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार ००:००