८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय चुनावको मिति छिट्टै घोषणा हुन्छः उर्जा मन्त्री शर्मा




  • स्थानीय खबर संवाददाता 

काठमाडौं, १५ मंसिर 
उर्जामन्त्री जनार्दन शर्माले छिट्टै स्थानीय चुनावको मिति घोषणा हुने बताएका छन् । 
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागी सबैभन्दा पहिले स्थानीय चुनाव गर्नुपर्ने भएकाले मिति घोषणा गर्न लागिएको बताए । 
“संविधान संशोधनको प्रस्ताव दर्ता भएको छ, साथै संविधान कार्यान्वय गर्न स्थानीय, प्रान्त र केन्द्रको चुनावहरू गर्नु पर्नेछ ।” शर्माले भने । 
सेजनको १९ औं बार्षिकोत्सवको अबसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वनमा जोड दिए । संविधान कार्यान्वयन भए मुलुक समृद्ध हुने पुनले बताए । 
यसैगरि यस बर्षको सेजन अवार्ड हिमाल खबर पत्रिकाका रमेशकुमार र कान्तिपुर एमफएमका किरण अधिकारी पाएका छन् । यस बर्षका लागी सेजनले ४ जना पत्रकारलाई फेलोसिप पनि प्रदान गरेको छ ।

फोटो सौजन्यः सेजन 

प्रकाशित मिति : १५ मंसिर २०७३, बुधबार ००:००