१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाका अध्यक्षको बिरामीलाई सहयोग




जाजरकोट
, २४ साउन । जुनी चाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बिरामीलाई रु २० हजार सहयोग गरेका छन् । उक्त गाउँपालिका वडा नं १ की भीमसरा खड्काको भाँचिएको खुट्टाबाट रड निकाल्ने रकम नहुँदा समस्यामा परेको थाहा पाएपछि उनले सोमबार सो सहयोग गरेको बताए ।

केसीको सहयोग पाएपछि आर्थिक अभावमा समस्यामा परेकी भीमसराले अस्पताल गएर रड निकाल्ने तयारीमा रहेको बताइन् । पैसा नहुँदा घरमा रहेको एक हल गोरु बिक्री गर्ने तयारीमा रहेकी खड्का अब सो रकम पाएपछि खुसी हुँदै सहयोगीका साथमा नेपालगञ्जतर्फ लागेकी छन् ।

मतदातालाई धन्यवाद दिँदै गाउँगाउँमा पुगेका केसीले बिरामीको समस्या देखेपछि सो रकम सहयोग गरेको बताए ।
रासस

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार ००:००