१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको नल्लु गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा




फोटो– स्थानीय खबर 
  • स्थानीय खबर संवाददाता 


काठमाडौं, १७ मंसिर

ललितपुरको नल्लु गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा सांसद उदय शमशेर राणाले नल्लु गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरेका हुन् । खुल्ला दिशामुक्त घोषणाजस्तै, शिक्षा, स्वास्थ्य, जनचेतनामा पनि गाविस अगाडी बढ्नु पर्नेमा जोड दिए ।

भदौदेखि तयारी गरेको र अहिले घोषणा गरिएको नल्लु गाविसका सचिव दामोदर रिजालले बताए ।

“नल्लुबासीलाई चर्पीको प्रमाणपत्र अनिर्वाय गरिएको छ । चर्पी निर्माण नगर्नेले प्रमाणपत्र पाउने छैनन्,” रिजालले भने, “प्रमाणपत्र नभएकासँग भूकम्प पछिको आवस निर्माण गर्दैनौं । यसैगरि कुनै पनि सिफारिस पनि पाउने छैन ।”

चर्पी निर्माण गरिसकेकालाई २ हजार रुपैयाँ अनुदान पनि दिन सुरू गर्ने रिजालले बताए । चर्पी बनाउन सरकारले २ हजार रुपैयाँ अनुदान दिँदै आएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०७३, शुक्रबार ००:००