७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा ५७ मतसहित रेणुको अग्रता




चितवन
, २१ साउन । भरतपुर महानगरपालिकाको मतगणनाको शुरुवातदेखि नै पछाडि परेकी नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहालले गणनाको अन्त्यतिर पुग्दा अग्रता लिएकी छन् ।

मतगणनाका क्रममा वडा नं ६ मा झिनो मतले अग्रता लिएपनि पुनः पछाडि परेकी दाहाल महानगरको अन्तिममा गणना गरिएको वडा नं २० मा आएर अग्रता लिएकी हुन् । २८ वडाको गणना सम्पन्न गरेर २० नं वडाको दुई हजार मतगणना गर्दा दाहाल ५७ मतले अगाडी छन् ।

रेणुले हालसम्म ४२ हजार ५८९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ५३२ मत प्राप्त गरेका छन् । त्यसैगरी, प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिनाले छ हजार ७५७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४६ हजार ५८३ र एमालेकी उम्मेदवार दिव्य शर्मा आचार्यले ३९ हजार १६० मत प्राप्त गरेका छन् । राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले सात हजार १५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं २० मा नेपाली कांग्रेसका वडा अध्यक्ष र सदस्यले अग्रता कायम गरेका छन् । वडा नं २० मा तीन हजार ३०२ मत खसेको छ । महानगरको कुल मतदाता संख्या एकलाख ५० हजार २७४ जना रहेको छ । आज रातिसम्म गणना सम्पन्न हुने अनुमान गरिएको छ ।
रासस

प्रकाशित मिति : २१ श्रावण २०७४, शनिबार ००:००