१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा ६ करोड ५९ लाख राजस्व संकलन



जुम्ला, १९ साउन । करदाता सेवा कार्यालय जुम्लामा गत आर्थिक बर्ष २०७३/०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ ।

संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिए ।

त्यसैगरी, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करतर्फ रु एक करोड २४ लाख ८८ हजार र पारिश्रमिक करतर्फ रु एक करोड १४ लाख १९ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख यादवले बताए ।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ रु एक करोड आठ लाख ८३ हजार राजस्व संकलन भएको उनको भनाइ छ । उनका अनुसार बहालकर रु ३० लाख ५४ हजार, मदिराबाट रु २७ लाख ३७ हजार र सुर्तीजन्य चीजबाट २४ हजार राजस्व संकलन भएको छ ।

यता ब्याज करबाट रु १५ लाख ८१ हजार, पूँजीगत लाभ करअन्तर्गत रु नौ लाख २० हजार र शिक्षा सेवा शुल्कबापत रु दुई लाख आठ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख यादवले अवगत गराए ।

घरबहाल करमा भने बढी कर छली भएको उनको भनाइ छ । विभागले रु छ करोड ८२ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएपनि त्यो भेट्न सकिएन, तर पनि गत आर्थिक बर्ष ०७२/०७३ को भन्दा १५.७५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ, उनले भने ।

आर्थिक बर्ष ०७२/०७३ मा करदाता सेवा कार्यालय जुम्लाले रु पाँच करोड ४२ लाख राजस्व संकलन गरेको थियो । बजारमा सामान किनबेच गर्दा बिल लिनेदिने संस्कार नबसेकाले त्यसबाट पनि राजस्व धेरै छली भएको कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००