७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साेह्र दिनकाे अवधिमा पाँच हजार २६४ मतदाता थपिए




बनेपा
। काभ्रेपलाञ्चोकमा १६ दिनका अवधिमा पाँच हजार २६४ मतदाताले अहिलेसम्म तस्बिरसहितको मतदाता नामावलीमा आआफ्नो नाम दर्ता गरेका छन् ।

नाम दर्ता गरेकामध्ये पुरुष दुई हजार ८४६ र महिला दुई हजार ४१८ रहेको जिल्ला निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ । अहिले पनि तस्बिरसहितको मतदाता नामावली संकलन जारी रहेको काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए ।

निर्वाचन आयोगले यही साउन १ गतेदेखि नाम छुटेका, नागरिकता बनाएका तर नामावलीमा नाम दर्ता नगरेका, बाहिर जिल्लामा रहेकालाई लक्ष्य गरी मतदाता नामावली संकलन सुरु गरेको थियो ।

नाम दर्ताका लागि काभ्रेपलाञ्चोक घर भएका तर विभिन्न क्षेत्रमा व्यापार, व्यवसाय गरेका रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोकलगाययत जिल्लाबाट मानिसहरु नाम दर्ताका लागि धुलिखेल आएको पोखरेलले जानकारी दिए ।

सोह्र वर्ष उमेर पुगेका सबै नागरिकले नाम दर्ता गराउन पाए पनि मतदान गर्न भने १८ वर्ष उमेर पुगेको हुनुपर्ने कानूनी प्रावधान छ । यसअघि जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता थिए ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार ००:००