१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समन्वय समितिको प्रमुखमा सार्की निर्विरोध निर्वाचित




जुम्ला
। जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेकपा माओवादी केन्द्रका लालबहादुर सार्की निर्विरोध निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सयुंक्त उम्मेदवारका रुपमा सार्की प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका पार्टी सचिव कार्मा बुढा निर्वाचित भएका छन् । समितिमा माओवादी केन्द्रका प्रमुखसहित छ जना र नेपाली कांग्रेसका उपप्रमुखसहित तीनजना गरी नौ सदस्यीय समन्वय समिति गठन भएको सहायक निर्वाचन अधिकृत ईन्द्रबहादुर खड्काले जानकारी दिए ।

यसैगरी, सदस्यमा माओवादी केन्द्रबाट कमल खत्री, नवीन घर्ती, नरेन्द्रबहादुर कठायत, कल्पना दमाई र हिमाली नेपाली र नेपाली कांग्रेसका तर्फबाट जयराज भारती र पुष्पा कुँडारा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जुम्लामा नेकपा माओवादी केन्द्र प्रमुख तीन, उपप्रमुख पाँचगरी आठ, नेपाली कांग्रेस चार प्रमुख र दुई उपप्रमुखगरी छ र नेकपा एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष जित्न सफल भएका थिए ।
रासस

प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार ००:००