१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिका भवन इजाजत महाशाखाले लक्ष्यभन्दा तीनगुणा बढी राजश्व संकलन




काठमाडौँ
। काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड राजश्व संकलन गरेको छ ।

कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३÷७४ का लागि रु १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिए ।

अघिल्लो आर्थिक बर्षमा रु १० करोडमात्र राजश्व संकलन भएको यस महाशाखामा गत वर्ष भवन निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेकाले राजश्व बढेको उनको भनाइ छ ।

पछिल्लो समय कामपामा नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढेका छन् । यसवर्ष महाशाखाबाट दुई हजार ५४९ जनाले नक्सा पास गरेका छन् भने दुई हजार ६२४ जनाले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएका छन् ।

नियमअनुसार नक्सा पास भएको दुई वर्षमा भवन निर्माण गरिसक्नुपर्ने छ । निर्माण पूरा भएको तीन दिनमा प्रमाणपत्र लिनका लागि कामपामा निवेदन दिनुपर्छ ।

विसं २०७२ साउनदेखि कामपाले भवन निर्माण भएको प्रमाण पत्र नलिएमा त्यस्ता भवन बैंकमा राखी ऋण लिन नपाउने, पानी, बिजुली, फोहर उठाउनेजस्ता कामपाबाट पाउने सुविधा रोक्का गर्ने जनाएको थियो ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार ००:००