५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात हजार ७६४ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराए




पोखरा
। क्षेत्रीय निर्वाचन कार्यालय कास्कीमा गत दुई हप्तामै सात हजार ७६४ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यही साउन १ देखि १४ गतेसम्म तीन हजार ७९६ महिला र तीन हजार ४०९ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन अभियान शुरु गरेपछि कास्कीमा मतदाताको उत्साहजनक सहभागिता रहँदै आएको छ ।

पछिल्ला दिनमा भने नाम दर्ता गराउनेको भीड बढ्दै गएको देखिन्छ । साउन ११ गते ८२९ र साउन १२ गते ८६३ ले नाम दर्ता गराएका छन् । बुढाबूढी, अपांगता भएका, विदेशबाट घर फर्केका, बसाइँसराइबाट पोखरा आएका र नाम दर्ता गर्न छुट भएका मतदाता विशेष चासोका साथ पोखरा लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गर्न गराउन आएको निर्वाचन अधिकारी सुवेदीले बताए ।

साउन १५ गतेसम्म कार्यालयमा र साउन १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट तथा महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुँदैछ । कार्यालयले सो अवधिमा त्रुटि सच्चाउने तथा ठाउँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीबाट नाम हटाउने काम पनि गर्ने बताइएको छ ।

एक महानगरपालिका र चार गाउँपालिका रहेको कास्कीमा असार मसान्तसम्म दुई लाख २४ हजार ८११ मतदाता संख्या थियो ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार ००:००