८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले भनेजस्तै संघ र प्रदेशको निर्वाचन एकैपटक गरौः सचिव भट्टराई




काठमाडौँ
। नेकपा एमालेका सचिव योगेश भट्टराईले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन् । गुरु लुर्इंटेल अध्ययन तथा विकास केन्द्रले शनिबार आयोजना गरेको ‘समृद्ध राष्ट्र निर्माणका लागि स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा उनले समय अभावका कारण दुईवटा निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका हुन् ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको चुनाव एकैपटक गर्ने कुराको उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्रीले भनेजस्तै दुईवटाको निर्वाचन एकैपटक गर्नु पर्दछ । हामीले उहाँले भनेको कुराको समर्थन गर्नुपर्छ । यसरी गर्दा राम्रो पनि हुन्छ ।”

उनले दुवै चुनाव एकैपटक गर्नेगरी चाँडो मिति तोक्न सरकारलाई आग्रह समेत गरे । उनले मंसिरमा नै दुवै निर्वाचन गर्नेगरी क्षेत्र निर्धारण आयोगले आफ्नो कामलाई गति दिनुपर्ने धारणा राखे ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले अझै पनि राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको कुरा उठाएर निर्वाचनमा जान आनाकानी गरिरहेको उल्लेख गरे ।

उनले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कुनै साइनो नभएको भन्दै प्रदेश र केन्द्रको चुनावपछि संशोधनका बारेमा कुरा गर्न सकिने धारणा राखे ।

छ वटा प्रदेशमा जसरी संविधान संशोधनबिना नै निर्वाचन भए जस्तै प्रदेश नं २ मा पनि निर्वाचन गर्नुपर्ने बताए । उनले तीनै तहको निर्वाचनपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने दाबी समेत गरे ।
रासस

प्रकाशित मिति : १४ श्रावण २०७४, शनिबार ००:००