२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुममा गत आर्थिक बर्षमा ९५ प्रतिशत रकम खर्च

लेखक स्थानीय खबर १२ श्रावण २०७४, बिहिबार २ मिनेट पढाइ


रुकुम
। जिल्ला समन्वय समिति, रुकुमले गत आर्थिक बर्ष २०७३/०७४ मा ९५ प्रतिशत रकम खर्च गरेको बताएको छ । समन्वय समितिमा प्राप्त भएको जम्मा रु ८४ करोड ४२ लाख ९९ हजार मध्ये रु ८० करोड ७९ लाख ६१ हजार खर्च गर्न सफल भएको जिल्ला समन्वय समितिले बताएको छ ।

जिल्लामा भौतिक प्रगति पनि ९५ प्रतिशत नै भएको स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । गत आर्थिक बर्षमा समन्वय समितिमार्फत काम हुन नसकेर रु तीन करोड ६३ लाख ३७ हजार फिर्ता गएको उनले बताए जसमा पूँजीगततर्फको रु दुई करोड ५७ लाख ६८ हजार र चालुतर्फको रु एक करोड पाँच लाख ६८ हजार फिर्ता गएको बताएको छ ।

जिल्लामा सञ्चालन हुने निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चलानमा निकै समस्या हुने उनको भनाइ छ । राजनीतिक दलको भागबण्डाका आधारमा योजना छनोट हुने भएकाले त्यसलाई कार्यान्वयन गर्नका लागि चुनौती रहेकाले सबैभन्दा बढी निर्वाचन क्षेत्र विकास कै रकम फ्रिज भएको स्थानीय विकास अधिकारी रानाको भनाइ छ ।

जिल्लामा आएको रकमलाई कार्यान्वयन गरेर विकास निर्माणको कामलाई पूरा गर्नुपर्ने जिम्मेवारी सबैको भएकाले आगामी दिनमा यहाँको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे । विकास निर्माणको कार्यलाई पूरा गर्न एउटा निकाय वा व्यक्ति कसैले पनि गर्न नसक्ने भएकाले सबैको एकता आवश्यक पर्ने उनको भनाइ थियो ।

गत आर्थिक बर्षमा यहाँ सबैभन्दा बढी रकम सडक निर्माणमा खर्च भएको बताइएको छ । जिल्लामा सञ्चालन भएका ठूला आठ सडक आयोजनाको काम अपेक्षा अनुसारको हुन नसकेको कारण पनि बढी रकम फ्रिज भएको जिल्ला समन्वय समितिको भनाइ छ ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।