८ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसपार्क हटाएर सभाहल बनाइँदै




गोरखा
। सदरमुकाममा बसपार्क हटाएर सोही ठाउँमा पार्किङसहितको सुविधा सम्पन्न नगर सभाहल निर्माण प्रक्रियण अघि बढाइएको छ ।

जग्गा अभावका कारण विगत एक दसकदेखि वर्षेनी बजेट फिर्ता हुँदै आएकामा यस वर्ष जग्गाको खोजी गरी सभाहल निर्माण प्रक्रिया थालिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिए ।

सभाहलको लागत रु ४२ करोड रहेको छ । करिब ७५० जना अट्ने सभाहल रहेको भवनमा २५० जना अट्ने अर्को सभाहल पनि निर्माण गरिने उनले बताए । गत असार २७ गते बोलपत्र आह्वान गरी सभाहल निर्माण प्रक्रिया अघि बढाइएको हो । सभाहलभित्रै सवारी पार्किङको समेत व्यवस्था गरिनेछ ।

नयाँ बसपार्कमा सभाहल बनाउने गरी प्रक्रिया अघि बढाएपछि बसपार्कलाई डण्डीडाँडामा सार्ने गृहकार्य थालिएको छ । दुईवटा उद्यानसहित बसपार्क निर्माण गर्न विस्तृत अध्ययन गरिएको श्रेष्ठले बताए । सभाहल नहुँदा चलचित्रहल तथा कबर्डहलमा कार्यक्रम गर्नुपर्ने बाध्यता छ । आगामी तीन वर्षभित्र सभाहल निर्माण हुनेछ ।
रासस

प्रकाशित मिति : १० श्रावण २०७४, मंगलबार ००:००