७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी




नगरकोट
। भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२/७३ भन्दा आर्थिक वर्ष २०७३/७४ मा दोब्बरले वृद्धि भएको छ ।

भक्तपुर नगरपापालिका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नगरपालिकाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँमात्रै आम्दानी भएको थियो ।

भक्तपुर नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ९५ हजार ५६ जना बाह्य पर्यटक भक्तपुर पुगेका थिए । गएको आर्थिक वर्षमा भने एक लाख ८१ हजार तीन सय ५० जना पर्यटक भक्तपुर नगर पुगेका हुन् जुन ९०.७८ प्रतिशतले वृद्धि हो ।

नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरुसंग करिब १४ वटा नाकाबाट शुल्क उठाउँदै आएको छ । नगरपालिकाले चीनसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरुसंग प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क लिँदै आएको छ ।

भक्तपुर भ्रमण गर्ने पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ । यो वर्ष ९०.७८ प्रतिशतले जिल्लाको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ र त्यसपछिका परकम्पले ठप्प हुन पुगेको भक्तपुरको पर्यटन पछिल्लो समय आशा लाग्दो भएको हो ।

पर्यटन सेवा शुल्क भक्तपुर नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोत हो । पर्यटन सेवा शुल्कबापत उठेको रकमबाट नै ६ वटा कलेजको सञ्चालनसंगै सम्पदा संरक्षण गर्दै आएको नगरपालिकाले दावी गर्दैआएको छ ।
रासस

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार ००:००