१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन




सोलुखुम्बु
। आर्थिक वर्ष २०७३/७४ मा रु २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लास्थित विभिन्न कार्यालयबाट सो राजश्व संकलन भएको हो । सबैभन्दा बढी खुम्बु क्षेत्रबाट राजश्व संकलन भएको छ ।

गत आर्थिक बर्षमा राष्ट्रिय वाणिज्य बैंक सल्लेरी शाखाबाट रु सात करोड दुई लाख ९१ हजार, नाम्चे शाखाबाट रु १३ करोड ३७ लाख ६० हजार र लुक्ला शाखाबाट रु ३० लाख ७३ हजार राजश्व संकलन भएको छ ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आवमा रु ८५ लाख बढी राजश्व संकलन भएको छ । अघिल्लो आवमा रु १९ करोड ८३ लाख चार हजार राजश्व संकलन भएको थियो । रासस

 

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार ००:००