६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचन शीर्षकमा ६ अर्ब भन्दा बढी खर्च भएको छः आयोग




काठमाडौँ
। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रू ६ अर्ब ३० करोड ४६ लाख खर्च भएको जनाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रू १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो ।

निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७३/७४ मा खर्च हुन बाँकी रहेको रु तीन अर्ब सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई रु तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म रु एक अर्ब ३१ करोड २३ लाख ७० हजार निकासा भएको आयोगले जनाएको छ ।

क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई रु ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई रु दुई करोड ६६ लाख ५८ हजार निकासा भएको पनि आयोगले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रु एक अर्ब ५५ करोड ६५ लाख ६० हजार खर्च भएको जनाएको छ । निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरिद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा उक्त रकम खर्च भएको थियो ।

स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो । सरकारले निकासा गरेको बजेटमध्ये रु एक अर्ब २५ करोड ४५ लाख बाँकी रहेको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार ००:००