१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकाको प्राथमिकताः पर्यटन, ऊर्जा, सडक सञ्जाल विस्तार



३१ असार, पोखरा । अन्नपूर्ण गाउँपालिकाले आर्थिक समृद्धि र विकासका लागि पर्यटनको विकास, ऊर्जा उत्पादन, सडक सञ्जाल विस्तारलगायत विषयलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आव २०७४/७५ का लागि २८ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

पूर्वाधार विकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै अध्यक्ष कुँवरले गाउँपालिकामा सबै वडालाई छुने गरी चक्रपथ निर्माण, स्थानीय सडक सञ्जाल विस्तारका साथै ऊर्जा उत्पादनका योजना अघि बढाइने बताए । “गाउँपालिकाभित्र अपार जलस्रोतको सम्भावना छ,” उनले भने, “जलस्रोतको उपयोगमार्फत उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने गरी विद्युतीय ऊर्जा उत्पादन गर्न यस क्षेत्रका स्थानीयवासीको कम्तीमा एक घर दश शेयरको अवधारणा अघि बढाइने छ ।”

विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्गको विकास गर्न आवश्यक रहेको बताउँदै उनले आवश्यक भौतिक पूर्वाधार निर्माण र प्रचाप्रसार गरिने उनले जानकारी दिए । पर्यटकीय दृष्टिले महत्वपूर्ण अन्नपूर्ण गाउँपालिकाभित्रका पर्यटकीयस्थलको पहिचान गरी तिनीहरूको विकास गर्ने र पदमार्गको मर्मतसम्भार गरिने उनले बताए । यसैगरि नयाँ पदमार्गको पहिचान र विकास गरिने जानकारी दिए ।

गाउँपालिकाभित्रका अन्नपूर्ण आधार शिविर, घान्द्रुक, लान्द्रुक, उल्लेरी, अष्ट्रेलियाली शिविर, तालच्याउनी, मणिको डाँडा, काडे, नौडाँडा, पञ्चासेलगायत पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गरिने उनले बताए । कास्कीका प्रजिअ तारानाथ अधिकारीले अन्नपूर्ण गाउँपालिका अपार सम्भावना बोकेको क्षेत्र भएको बताउँदै सम्भावनाको उजागर र विकास गर्न सके गाउँपालिकालाई समृद्धि र विकासको मार्गमा लैजान सकिने बताए । रासस

प्रकाशित मिति : ३१ असार २०७४, शनिबार ००:००