१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीको मङ्गला गाउँपालिकाले डोजर किन्ने




बाबियाचौर
(म्याग्दी) । म्याग्दीको मङ्गला गाउँपालिकाको बिहीबार भएको प्रथम गाउँसभाले डोजर किन्न बजेट विनियोजन गरेको छ ।

गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गर्न रु एक करोड एक लाख ५० हजार बजेट विनियोजन गरेको हो । सडक निर्माण, स्तरवृद्धि र पूर्वाधार निर्माणका कामलाई मितव्ययी तथा व्यवस्थित बनाउन आफ्नै डोजर खरिद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि रु २८ करोड ९१ लाख बजेट विनियोजन भएको जानकारी गराइन् । आम्दानीतर्फ वित्तीय समानीकरण अनुदान रु १३ करोड ६ लाख १८ हजार, सशर्त अनुदान रु ९ करोड ११ लाख ६५ हजार र आन्तरिक आम्दानी रु १५ लाख ५० हजार रहेको छ ।

गाउँपालिकामा रहेका खनिज सम्पदाको अन्वेषण, मङ्गला चक्रीय पर्यापर्यटन मार्ग, लघुव्यवसायको सम्भाव्यता अध्ययनका साथै एकीकृत सामाजिक परिवर्तनका लागि प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिको प्रयोग र प्रत्येक टोलमा स्वास्थ्य परीक्षण केन्द्र स्थापना गरेर महिनाको एकपटक गाउँमै सेवा दिने र आयआर्जनका लागि टिम्मुर, चिराइतो र सतुवाको व्यावसायिक खेती विस्तार गर्ने योजना रहेको छ । रासस

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००