१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ लाख राशीको विकेन्द्रीकरण अवार्ड स्वशासन अध्ययन प्रतिष्ठानलाई



काठमाडौँ, २९ असार । सरकारले ३ लाख रुपैयाँ राशीको विकेन्द्रीकरण अवार्ड–२०७३ स्वशासन अध्ययन प्रतिष्ठान प्रदान गरेको छ । स्थानीय शासन र विकेन्द्रीकरणको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएकाले प्रतिष्ठानलाई अवार्ड प्रदान गरिएको सरकराले जनाएको छ ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रबहादुर देउलालाई उक्त अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले विकेन्द्रीकरणको सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्न सके मात्रै लोकतान्त्रको जग बलियो हुने बताए ।

मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय शासनको प्रर्वद्धन गर्न उक्त अवार्ड दिइएको बताए । यस अवार्डलाई आगामी बर्षहरूमा पनि निरन्तरता दिईने उनले बताए । प्रतिष्ठानले एक दशकभन्दा लामाे समयदेखि स्थानीय शासन, बिकेन्द्रिकरण, स्थानीय सुशासनकाे क्षेत्रमा अध्ययन, अनुसन्धान तथा पैरवी गर्दै अाएका छन् ।

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार ००:००