काठमाडौँ । व्यवस्थापिका–संसद्को आज ९सोमबार०को बैठकमा ‘स्थानीय शासन विधेयक, २०७३’ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै उपप्रधानमन्त्री गच्छेदारले, गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रलाई स्पष्ट पार्न तथा सङ्घ र प्रदेशसंग स्थानीय तहको सम्बन्धलाई स्पष्ट पार्न विधेयक ल्याइएको बैठकलाई जानकारी दिए ।
विधेयकमा विरोधको सूचना दिँदै सांसदहरु प्रेम सुवाल, अनुराधा थापा मगर, डिल्लीप्रसाद काफ्लेले आफ्ना अवधारणा पेश गरेका थिए ।
साथै उनीहरुले विरोधको सूचना फिर्ता नलिएपछि सभामुखले उक्त सूचनालाई निर्णयार्थ पेश गर्दा बैठकको बहुमतले अस्वीकृत गरेको थियो । रासस
प्रतिक्रिया