७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी




भीमदत्तनगर
। कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली कांग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरिन् भने माओवादी केन्द्रकी सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरिन् । रासस

प्रकाशित मिति : २६ असार २०७४, सोमबार ००:००