१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर महानगरपालिकामा कांग्रेस विजयी




विराटनगर
। विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा कांग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुख पदमा कांग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गरिन् । नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गरिन् ।

उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा कांग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्षलगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९मा कांग्रेसका विद्रोही समूहले जितेको छ ।

सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी ६ वटा वडामा, नेकपा एमालेले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६ मा जित हात पारेको छ भने वडा नं १० मा स्वतन्त्रले जित हात पारेको छ ।

उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसंग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसंग तालमेल गरेको थियो ।

विराटनगर–३ को पोखरिया निवासी ४४ वर्षीय भीम पराजुली कांग्रेसको नगर सभापति हुन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी महेन्द्र मोरङ कलेजको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट २०५५ सालमा सदस्य, २०५७ सालमा कोषाध्यक्ष, २०५९ सालमा सचिव र २०६१ सालको निर्वाचनमा स्ववियुको सभापतिमा निर्वाचित भएका थिए । रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार ००:००