६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरपालिकामा कांग्रेस विजयी




धनगढी
। धनगढी उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका प्रत्याशी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शनीबार बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाएका छन् । वड उपमहानगर प्रमुख हुनेमा पहिलो दलित हुन् ।

उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाइन् ।

छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् । रासस

प्रकाशित मिति : २४ असार २०७४, शनिबार ००:००