१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाको शिवसताक्षी नगरपालिकामा एमाले विजयी



बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख–उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा चन्द्रकुमार शेर्मा लिम्बूले १४ हजार ६८४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले नौ हजार ८५६ मत प्राप्त गरे ।

त्यस्तै, उपप्रमुखमा भोजकुमारी नेपालले १४ हजार ९६० मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जयकुमारी चेम्जोङले नौ हजार ३२४ मत प्राप्त गरिन् । यो संगै एमाले विर्तामोड, कनकाई र भद्रपुर नगरपालिका तथा कमल गाउँपालिकामा विजयी भएको छ । अर्जुनधारा र दमक नगरपालिकामा पनि एमालेको अग्रता छ ।

झापाको गौरादह नगरपालिका र बाह्रदशी गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने हल्दीबारी, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा राप्रपा विजयी भएको छ । कांग्रेसले मेचीनगर र बुद्धशान्ति गाउँपालिकामा अग्रता लिएको छ ।

जिल्लाको १५ स्थानीय तहमध्ये अब मेचीनगर, दमक, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ । रासस

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार ००:००