तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपप्रमुख पदमा एमालेकै मायाँ आचार्य २१ हजार ३६ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गरेको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिए । कूल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो । रासस
प्रतिक्रिया