८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका अधिकारबारे जनप्रतिनिधिलाई अभिमुखीकरण



काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणामलगत्तै आगामी साउन दोस्रो हप्ता उपमहानगर, नगर तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षलाई स्थानीय विकाससम्बन्धी अभिमुखीकरण तालिम दिने भएको छ ।

प्रदेश नं १, ५ र ७ अन्तर्गत उपमहानगरदेखि गाउँपालिका सम्म ३३४ स्थानीय तहका ६६८ जनप्रतिनिधिलाई सहभागी गराइने उक्त तालिममा सङ्घीय संरचनाअनुसार स्थानीय तहका अधिकारका बारे जानकारी दिइने छ ।

विभिन्न क्षेत्र तथा वर्गबाट आएका जनप्रतिनिधिले परिवर्तित अवस्थामा आ–आफ्ना अधिकार तथा कर्तव्यका जानकारी लिएपछि उनीहरुले विधिसम्मत तरिकाबाट कार्य गर्न सक्ने विश्वास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले व्यक्त गरे ।

स्थानीय तह, प्रदेश र केन्द्रबीच गर्नुपर्ने समन्वय तथा अधिकार बाँडफाँडका विषयमा पनि उनीलाई जानकारी दिइने छ । स्थानीय विकासका विशेषज्ञ तथा योजनाविद्, अर्थविद्, राष्ट्रिय योजना आयोगका पूर्व पदाधिकारीलगायतले जनप्रतिनिधिलाई प्रशिक्षण दिने बताइएको छ ।

सिंहदरबारको अधिकार स्थानीय तहमा आएको अनुभूति जनप्रतिनिधिलाई गराउन सकिए स्थानीय तहमा पूर्वाधार निर्माण तथा सामाजिक रुपान्तरणको काम सहज रुपमा अघि बढाउन सकिने मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए ।

निर्वाचनको मतपरिणामपछि फरक फरक प्रदेशमा चरणबद्ध रुपमा जनप्रतिनिधिलाई यो तालिम दिइने मन्त्रालयले जनाएको छ । तालिम तीन दिनसम्म चल्नेछ ।

मन्त्रालयको योजना महाशाखाका उपसचिव चिरञ्जीवी तिम्सिनाका अनुसार यही असार २५ गतेभित्र नगर तथा गाउँसभा बस्नुपर्ने, असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने र आगामी साउन १ गतेदेखि कार्यान्वयनमा लानुपर्ने व्यवस्था छ । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००