७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले



भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा कर्णबहादुर हमाल छ हहजार ७०६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज ओझाले पाँच हजार ७६० मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी रमिता राना सात हजार १८ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत प्राप्त गरिन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा जोगराम चौधरीले पाँच हजार ७५४ तथा र उपप्रमुखमा शर्मिला थापाले पाँच हजार ४०३ मत प्राप्त गरिन् । कृष्णपुर नगरपालिकामा कुल २१ हजार ८९४ मत खसेको थियो । ९ वटा तह रहेको कञ्चनपुरमा भीमदत्तनगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको मतपरिणाम आउन बाँकी छ । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००