९ चैत्र २०८०, शुक्रबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवलमा एमालेले मतान्तर बढायो, विराटनगरमा कांग्रेसको अग्रता कायमै



बुटवल । बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा एमालेले मतान्तरलाई बढाएको छ । कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म ४६ हजार ६६१ मत गणना सकिएको छ । उपमहानगरपालिकाको १९ वडामध्ये १७ वटा वडाको मतगणना सकिएको प्रमुख निर्वाचन अधिकृत भरतमणि पाण्डेले जानकारी दिए ।

प्रमुख पदमा एमालेका शिवराज सुवेदी नेपाली कांग्रेसका खेलराज पाण्डेभन्दा दुई हजार ६१ मतले अगाडि रहेका छन् । सुवेदीले २२ हजार ३५ मत प्राप्त गरेका छन् भने पाण्डेले १९ हजार ३५४ प्राप्त गरेका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले भन्दा एमालेकी गुमादेवी आचार्य अगाडि रहेकी छन् । आचार्यले २० हजार ४० मत ल्याएकी छन् भने पोखरेलले १३ हजार ५९४ मत प्राप्त गरेकी छन् ।

उपमहानगरको वडा नं १७ मा एमालेले वडाध्यक्षसहित पूरै समूह जितेको छ । एमालेले हालसम्म वडा नं १३ को एउटा वडा सदस्य र अध्यक्ष तथा वडा नं १ मा एउटा वडा सदस्यबाहेक सम्पूर्ण पदमा जित हासिल गरेको छ । रासस

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । महानगरपालिकाको प्रमुखमा भीम पराजुलीले १० हजार ३२० मत, नेकपा एमालेका विनोद ढकालले सात हजार ४५१ तथा सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ७१५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीले आठ हजार ६७४ मत, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले चार हजार ५०५ तथा माओवादी केन्द्रकी नमिता न्यौपानेले चार हजार ४८१ मत प्राप्त गरेकी छन् ।

विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, १६, १७, १८ र १९ गरी आठवटा वडाको मतगणना सम्पन्न भएको छ । अहिले वडा नं ५ र १५ को मतगणना भइरहेको छ ।

विराटनगर १९ मा स्वतन्त्र समूह विजयी

विराटनगर महानगरपालिकाको वडा नं १९ बाट वडाध्यक्षलगायत सबै सदस्य पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बद्रीनारायण सरदार ६४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६२१ मत प्राप्त गरे । वडा सदस्यमा जीतेन्द्र खवास, नागेश्वर राजवंशी, सम्झना भुजेल र दलित महिला सदस्यमा वीना सरदार विजयी भएका छन् । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००